जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १७:०८

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुँदै


काठमाडौं, २४ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११ः४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।

अहिले विमानमा प्राविधिक परिक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभएको छ ।