जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १३:०७

एनआईसी एसिया बैंकले गर्यो नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान


काठमाडौं, २५ बैशाख । वाफ महिला च्याम्पियनमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । बैंक आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत सोमबार ललितपुरमा एक कार्यक्रमबीच नेपाली टोलीलाई नगदसहित सम्मान गरेको हो ।

बैंकले राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो ।

यसैगरी बैंकले राष्ट्रिय महिला फुटबल टोलीको गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा घोषणा गरेको थियो । साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोली उपविजेता बनेको थियो ।