जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १४:१६

‘खान्छ मुटु कुटुक्कै’ बोलको गीत चर्चाको शिखरमा


काठमाडौं, २७ बैशाख । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारका नयाँ–नयाँ सिर्जनाहरु सार्वजनिक भइरहेको छ । सोही क्रममा बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाज रहेको ‘खान्छ मुटु कुटुक्कै’ बोलको गीत “Babu Creation” युटुव च्यानलबाट सार्वजनिक भएको हो । सोही गीत छोटो समयमै दर्शकहरु माझ निकै लोकप्रिय बन्दै गएको छ ।

बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाज रहेको गीतमा राजु सुनामको म्युजिक, एरेन्ज रहेको छ । शुदर्शन बुढाको शब्द रहेको छ भने अजय रेग्मिले छायांकन गर्नुभएको छ । मौसम हिमालीको भिडियो निर्देशन रहेको गीतमा अहिलेका चर्चित मोडल असिम लम्साल र सुहाना भट्टराईको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । डान्सिङ शैलीको गीतको भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।

गीतले छोटो समयमै उच्च स्थान पाउन सफल भएको देखिन्छ । सानैदेखी गित सङ्गितमा धेरै रुचि भएका,तर कारण बस गीत सङ्गितमा निरन्तर दिन नसकेका गायक बाबुराम भट्टराई हाल अमेरिकन सेनामासमेत कार्यरत हुनुहुन्छ । अमेरिकामा रहेर पनि नेपाली गीत, संगीतलाई धेरै माया गर्ने, गाउँ घरको उकाली, ओराली, मेलापात गर्दा घुन्जिने गीतहरु सिर्जना गर्ने गायक बाबुराम भट्टराई एक उदारणिय व्यक्ति बन्नुभएको छ ।