काठमाडौं, ३१ बैशाख । भारतीय गायक राघव नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उनले आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएका हुन् ।
शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघबले आफ्नो प्रस्तुति दिनेछन् । उनका ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु रहेका छन् । नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्