जनता टाइम्स

१ जेष्ठ २०८१, मंगलवार १३:५५

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता


काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रधानमन्त्री मोदीले आज वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि वाराणसी पुगेर उहाँले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गर्नुभएको थियो ।

सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै हुनुहुन्छ । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।