काठमाडौं, १ जेठ । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘कृषि, पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भू–उपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।’
प्रतिक्रिया दिनुहोस्