जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १८:२८

अक्टोबर १२ मा नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी, चीनको समान प्राथमिकतामा पर्यो नेपाल र भारत


काठमाडौं, असोज १३ । चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण आगामी अक्टोबर दोस्रो साता हुने तय भएको छ । राष्ट्रपति सी अक्टोबर १२ मा काठमाडौं ओर्लने कार्यक्रम तय भएको हो ।

चिनिया दुतावास स्रोतका अनुसार नेपाल भ्रमणमा आएको दोस्रो दिन नै राष्ट्रपति सी बेइजिङ फर्कनुहुनेछ । यसअघि सीको नेपाल भ्रमण ८ घन्टाको हुने खबर सार्वजनिक भएकोमा राष्ट्रपति सीले यस पटकको भ्रमणमा नेपाल र भारतलाई समान महत्व दिई बरावर समय बिताउन लाग्नुभएको हो । नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सी अक्टोबर ११ को बिहान भारतको चेन्नईमा उत्रने कार्यक्रम रहेको छ । भारतमा एक दिन बिताएर उहाँ अक्टोबर १२ मा काठमाडौंका आउनु हुनेछ ।

नेपालमा पनि एक दिन बिताएर राष्ट्रपति सी अक्टोबर १३ मा बेइजिङतर्फ लाग्ने कार्यक्रम तय भएको हो । दुतावास स्रोतका अनुसार चीनले नेपाल र भारत दुबै देशलाई प्राथमिकताका साथ महत्व दिएको देखाउनका लागि नै सीको भ्रमण दुवै देशमा एक–एक दिन हुन लागेको हो ।चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा प्रस्तुत हुने परियोजनाको सूची तयार गर्न सम्वद्ध अधिकारी लागिपरेका छन । नेपालमा रेल र पुर्वाधारका परियोजना अगाडि बढाउने गृहकार्य अघि बढाइएको हो ।

सीको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू यसअघि नै बेइजिङ फर्किेसकेका छन् । राष्ट्रपतिको भ्रमणअघि चिनियाँ टोली त्यसको अध्ययन गर्ने सिलसिलामा अन्य मुलुकमा पनि जाने प्रचलन छ । सीको सुरक्षाका लागि नेपाली सेनासंगै अन्य सुरक्षा निकायका गुप्तचर खटिसकेका छन् भने चिनियां सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा पुगिसकेको छ । सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । चिनियां नेता देङ सियाओ पेङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए ।

नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सी अक्टोबर ११ को बिहान भारतको चेन्नईमा उत्रने कार्यक्रम रहेको छ । भारतमा एक दिन बिताएर उहाँ अक्टोबर १२ मा काठमाडौंका आउनु हुनेछ । नेपालमा पनि एक दिन बिताएर राष्ट्रपति सी अक्टोबर १३ मा बेइजिङतर्फ लाग्ने कार्यक्रम तय भएको हो 

त्यसपछि चिनियां राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा नेपालको दुई दिने भ्रमण गर्नुभएको थियो भने । सन २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आउनुभएको थियो । त्यस यता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको थिएन । त्यहांका राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आउनुभएन भने राष्ट्रपति सीले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण गर्नुभएको थिएन । यसपटक राष्ट्रपति सीले नेपाल र भारतलाई समान महत्व दिई एक–एक दिन दुवै मुलुकमा बिताउन लाग्नुभएको हो ।