काठमाडौं, ५ जेठ । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ,‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्री मार्गबाट पठाइएको यो सहायता पूर्णतया मानवीय हो ।’
यद्यपि, संयुक्त राष्ट्रसंघले प्रभावकारी सहायताको सर्तमा समुद्री मार्गले भूमि मार्गहरू प्रतिस्थापन गर्न सक्दैन । सडकद्वारा वितरित सहायता छिटो र अधिक प्रभावकारी रूपमा पुग्न सक्ने राष्ट्रसंघले जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्