जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १७:२५

साढे ४५ अंकले बढ्यो नेप्से


काठमाडौं, ६ जेठ । साप्ताहिक कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

जसअनुसार आज करिब ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । नेप्सेको सर्भरमा समस्या आएका कारण आजको कारोबारको पूर्ण विवरण हेर्न समस्या भएको छ ।