सिरहा, ७ जेठ । सिरहाको गोलवजार नगरपालिका–४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानिय भु–माफियाको सेटिङमा ऋणीले धितो राखेको जमिन कौडीको भाउमा विक्रि गरेको पाईएको छ । गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले भु–माफिया र विचौलियाहरुको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा विक्रि गरेको पाइएको हो ।
गोलबजार नगरपालिका–४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई तत्कालिन शाखा प्रमुख पोखरेलले गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा विचौलिया संगको सेटिङमा लिलाम गरी विक्रि गर्नुभएको छ । एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैया ऋण लिएको आरके ट्रेडर्सका संचालक व्यवसायी दुर्गेस साहले जनाएको छ ।
उहाँले, ‘ऋण लिने वेलामा बैंकले ७.९ प्रतिशत व्यावदरमा ऋण स्विकृत गरेको थियो । मैले नियमित रुपमा व्याज पनि बुझाउँदै आएको थिए । पछिल्लो समय आर्थिक मन्दिका कारण करिव एक वर्षको व्याज वुझाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘व्याज तिर्न मैले अर्को जग्गा विक्रि गर्ने तरखरमै थिए । तर तत्कालिन शाखा प्रमुख पोखरेल र स्थानिय व्यवसायी तथा गोलवजार नगरपलिकाका निर्वाचित कार्यपालिका सदस्य (विचौलिया) फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारीविनाकै १५ करोडमा विक्ने ५ कठ्ठा जग्गा ३ करोड ५० लाखमा विक्रि गर्नुभयो ।
उक्त जग्गा विचौलिया नायकको ससुरा महाविर साह महतो सुडीको नाममा विक्रि गरिएको जनाउनुभयो । ९ कठ्ठा १० धुर जग्गामध्ये पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा विक्रि गएरिएको छ । उहाँ तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्तसमेत हुनुहुन्छ । बैंकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको विरुद्धमा आज स्थानिय व्यवसायीहरु आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले जनाउनुभयो । उहाँले भन्नुभयो,‘बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणवद्ध आन्दोलन गर्ने गर्छौं ।’
आर्थिक मन्दिका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौंको जग्गा विचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । एनआइसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपुर्ण आन्दोलनमा उक्रिएको व्यवसायी विक्रम साहले जनाउनुभयो । उहाँले भन्नुभयो,‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यसायीहरुले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ ।’
आज गरिएको आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोली देखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यावसायीहरुको भनाई छ । बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरुको अवस्थालाई मध्येनजर नगर्दै विभिन्न किसिम मानसिक यातना दिएकै कारण सय कडौं व्यापारीहरु सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाण्ज्यि संघका अध्यक्ष विकास सारडाले जनाएको छ । उहाँले भन्नुभयो,‘बैंकले व्यवसायीहरुमाथी गरेको ज्यादतीका कारण व्यवसायीहरु आत्मदाह र आत्माहत्याको शिकार बनिरहेको छ ।’
राष्ट्रिय बैंकको लचिलो नितिले गर्दा केही सहज भएको छ । यसले मात्र व्यावसायीलाई पुग्दैन । सरकारले व्यावसायीहरुको लागी केही नयाँ प्याकेज सहितको व्यवस्था गरिनुपर्छ ।’ बैंकका कर्मचारीहरुले ऋणीहरुमाथी गरिएको अमानवीय व्यवहारका कारण सिरहामा करिव ३० जना भन्दा बढी व्यवसायीहरु आनाहकमा आत्महत्या गरी ज्यान गुमाईसकेको व्यवसायीहरु बताउँछन् । देश नै आर्थिक मन्दिले अक्रान्त बनिरहेको बेला बैंकका कर्मचारीहरुले व्यवसायीमाथी गरिएको ज्यादतीका कारण जिल्लाबाट करिव सैकडौं व्यापारीहरु पलायन भएको उहाँहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्