जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार १९:०२

रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन


रौतहट, १० जेठ । रौतहट स्थीत ट्राफिक प्रहरी कार्यालयले मात्र २२ दिनको अवधिमा ३३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको पाईएको छ । गत बैशाख १६ गते देखि यही जेठ ८ गते सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने २८ सय १२ जना सवारी चालकहरुलाई सवारी नियम अनुसार कारवाही गरिएको छ ।

उक्त कार्वाही बाट तेत्तिस लाख एघार हजार राजस्व संकलन भएको ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिनुभएको छ । पछिल्लो समयमा रौतहटको सदरमुकाम गौर देखी ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरीले सक्रियता बढाएपछि राजश्व संकलनमा वृद्धि संगै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।