काठमाडौं, ११ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । कानूनमा विशेष अनुभव सँगाल्नु भएको शर्मा पूर्व निर्वाचन आयुक्त हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुभउको छ भने युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गर्नुभएको छ ।
उहाँसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उहाँ उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ । उहाँले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभउको छ । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गर्नुभएकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न हुनुहुन्छ ।
उहाँले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया (SAWM) को कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसक्नुभएको छ । उहाँले आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराँउदै आउनुभएको छ । उहाँ यसअघि नै वाणिज्य बैंकको संचालक पनि हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्