काठमाडौं, १३ जेठ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर–कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ । यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका रक्षामन्त्री किम ग्याङ इलले अमेरिका र दक्षिण कोरियाको कठपुतली वायु सेनाले दिनभर निकै छोटो अन्तरालमा हवाई जासुसी गतिविधि गरिरहेको बताउनुभयो । किमले देशको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पर्दा तत्काल कारबाही गर्ने बताउनुभयो । उहाँहरूले दक्षिण कोरियाको नौसेना र तटरक्षकलाई समुद्री सीमा उल्लंघन गरेको र सैन्य तनाव बढाएको आरोप पनि लगाउनुभएको छ । उत्तर कोरियाले मे १३ देखि २४ को बीचमा, अमेरिकाले कोरियाली प्रायद्वीपमा १६ आरसी–१३५ र यू–२५ जासूस विमानहरू र आरक्यु–४ बी ड्रोनहरू उडाएको दाबी गरको छ । यससँगै उहाँले दक्षिण कोरियाबाट बेलुनमा पठाइएका पर्चालाई खतरनाक र उत्तेजक कार्य भएको भन्दै आलोचना गर्नुभएको छ ।
अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप, जवाफी कारवाही गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्