जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार १२:३९

कांग्रेसको आपत्तिजनक हर्कतले भाँडियो प्रमुख दलको बैठक, माफी नमागे सडकदेखि सदनसम्मै भिडने एमालेको चेतावनी


काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले लगाएको नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक आक्षेपका कारण प्रमुख चार दलको बैठक भाँडिएको छ ।

हरेक अपराध र भ्रष्टाचारमा संलग्नता भेटिदै आएको कांग्रेसले आफ्नो अपराध अरुतिर देखाउने योजनासहित एमाले र नेतृत्वबिरुद्ध आक्षेप लगाएपछि एमाले यस्तो निश्कर्षमा पुगेको हो । कांग्रेस आमसभा गरेरै कांग्रेस एमाले र अध्यक्ष ओलीबिरुद्ध आक्षेप लगाएको थियो । सो घटनापछि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेले लिखित रुपमै माफी माग्नुपर्ने बटमलाइन सुनाएको छ ।

बैठकमा एमाले उपाध्यक्ष बिष्णु पौडेलले नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति लिखित रुपमा माफी माग्नुपर्ने प्रष्ट बटमलाइन सुनाउनु भयो । राजनीतिमा यो ढंगको अपराध हुँदैन, कांग्रेसले क्षमा दिन नसक्ने अपराध गर्यो । हाम्रो पार्टीका अध्यक्ष र एमालेबिरुद्ध लगाइएको आपत्तिजनक आक्षेप गलत हो भनेर तपाईहरुले लिखित माफी माग्नोस, त्यसपछि छलफल गरौंला, अन्यथा कुनै छलफल हुन्न,’ बैठकमा कांग्रेसलाई पार्टीको बटमलाइन सुनाउँदै एमाले उपाध्यक्ष बिष्णु पौडेलले भन्नुभयो ।

कांग्रेससँगको छलफलपछि उपाध्यक्ष पौडेलले कांग्रेस आफ्नो अपराध ढाकछोप गर्न लागेको र बिगतमा गरेको सिमित भ्रष्टाचार र अपराधबाट उन्मुक्ति पाउनका लागि भडकाउने काममा लागेको भन्दै सहमतिको पक्षमा छैन भन्ने प्रष्ट भइसकेको बताउनु भयो ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले प्रष्टै संकेत गरिरहेका छन । अनुचित र पूर्वाग्रही आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ पौडेलले भन्नुभयो, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने पनि उहाँले बताउनु भयो । पछिल्लो समय कांग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र अध्यक्ष ओलीलाई लक्षित गरेर प्रहार तीब्र बनाएका छन ।

आइतवार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरीवन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाउनु भएको थियो । गृहजिल्ला झापामा गिरीबन्धु टीस्टेट र बोर्डरमा तस्करी गराउने गिरोहको नाइके रहेको आरोप लागेका महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीमाथि हुँदै नभएको आक्षेप लगाउनु भएपछि एमाले आक्रोशित बनेको हो ।