जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार १६:२६

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप


काठमाडौं, १४ जेठ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ । आज सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ ।’ बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी–२० विश्वकप खेल्न जान बहने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् ।