काठमाडौं, १८ जेठ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी(२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गर्नुभएको छ । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उहाँले स्पष्ट गर्नुभएको हो ।
अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताउदै आइसीसीको पत्र समेत सार्बजनिक गर्नुभएको छ ।
उहाँले आइसीसीले नेपाललाई विशेष सुबिधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उहाँको ठाउँमा अन्य खेलाडीलाई राख्ने सुबिधा दिएको उल्लेख गर्नुभएकोछ । साथै उहाँले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उहाँले सफाइ पाइनसकेको बताउँदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताउनुभएको छ । क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रुपमा ब्याख्या नगर्न समेत आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्