जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १४:५८

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण कारोबार नेपाल क्लियरिङ हाउसबाट


काठमाडौं, २० जेठ । नेपाल क्लियरिङ हाउस लिमिटेडले (एनसिएचएल) नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स) लिमिटेडलाई गाभेको छ । जेठ २१ बाट नेपाल क्लियरिङ हाउसबाट यी दुवै संस्थाको कारोबार हुनेछ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण सम्पत्ति तथा दायित्व एनसिएचएलमा सरेको छ ।

जेठ २१ गतेदेखि ‘नेपाल क्लियरिङ हाउस लिमिटेडको नामबाट भुक्तानी तथा फर्छ्यौट सम्बन्धी कारोबार शुरु हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो । दुवै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ति प्रस्ताव पारित गरेका थिए ।