काठमाडौं, २० जेठ । सरकारको नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिनुभएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई सही दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले त्यसका कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई परिचालन गरेर अघि बढ्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभयो ।
आज प्रतिनिधसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सचिव पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको दाबी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले बजेट मुलुकलाई सही बाटोमा अघि बढाउने गरी आएकाले आफ्नो पार्टीले दृढतापूर्वक समर्थन गर्ने पनि बताउनुभयो । सचिव पौडेलले सरकारले राजस्व परिचालन र आर्थिक वृद्धिका लागि तय गरेको लक्ष्य पनि सही भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्