जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार ०७:२२

आज टी–२० विश्वकपमा तीन खेल हुँदै


काठमाडौं, २२ जेठ । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुदै छ ।

बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि शुरु हुने छ ।