काठमाडौं, २२ जेठ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी हुनुभएको छ । आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी हुनुभएको हो । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गर्नुभएको हो । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गर्नुभयो ।
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

प्रतिक्रिया दिनुहोस्