जनता टाइम्स

२३ जेष्ठ २०८१, बुधबार १२:२१

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौं, २३ जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।