काठमाडौं, असोज १५ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो । महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गर्नुभएको थियो । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।
यो सूचनासँगै सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । नेकपाले हिजै महरालाई राजीनामा दिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्