काठमाडौं, असोज १५ । संसद सचिवालयमै कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि सभामुखबाट राजीनामा दिई पदमुक्त हुनुभएका कृष्णबहादुर महराको छोरा राहुललाई समेत शाहीले जानकारी गराएको तथ्य बाहिर आएको छ । महरामाथि बलात्कारको आरोप लगाएको २४ घन्टा नबित्दै आरोप निराधार रहेको र आफूमाथि दुब्र्यवहार नभएको बताउने शाहीले आइतवार राती नै महराका छोरा राहुललाई तिम्रो बाबुले मलाई बलात्कार गर्नुभयो भन्दै भाइवरमा म्यासेज पठाएको तथ्य बाहिर आएको हो ।
सोमवार हाम्राकुरा डटकममा छोटो अन्तवार्ता दिएर महरामाथि बलात्कारको आरोप लगाएकी शाहीले मंगलवार नागरिक खवर डटकमलाई अन्तरवार्ता दिँदै महरा निर्दोष रहेको र आफूले रिसको झोकमा डिप्रेशनमा परेर नचाँहिदो आरोप लगाएको बताएकी थिइन । दुवै अन्तरवार्तामा उनले यो म्यासेजबारे भने खासै रहष्य खोलेकी थिइनन । तर आइतवार राती नै महराले आफूमाथि बलात्कार गरेको र सो कुरा घरभेटीले थाह पाएको भन्दै छोरा राहुललाई म्यासेज पठाएको पाइएको हो ।
शाहीले राती ११ बजेर ७ मिनेट जाँदा राहुललाई म्यासेज गरेकी थिइन । जस्मा लेखिएको छ, ‘राहुल आज तिम्रो बुवाले मलाई रेप गर्नुभयो, यो कुरा म बसेको घरबेटीले थाह पाई उनले पुलिस बोलाए, उनले चिने अंकल तनहुँ जानुभको छ, अंकललाई पनि थाह भयो, पुलिस आए, मेरो बयान लिए, तिम्रो बुवा भाग्नुभयो, वरपर सबैले देखे, यसको नतिजा के हुन्छ मलाई थाह छैन, मलाइ पिटनसम्म पिटनु भयो ।’ २४ घन्टाको बीचमा दुई अनलाइनमा फरक फरक अन्तरवार्ता दिने शाहीले हाम्रा कुरा डटकमलाई यी सवै म्यासेज उपलब्ध गराएकी थिइन । उनले महराले पटक–पटक यौन सम्पर्क गर्न चाहेको र आइतवार भने बलात्कार गरी आफ्नो धोको पुरा गरेको र प्रतिवाद गर्दा कुटपीट भएको बताएकी थिइन ।
राहुल महरालाई पठाएको म्यासेजमा पनि पिटनसम्म पिटनु भयो भनेर लेखिएको छ । महरापुत्रलाई पठाएको यही म्यासेज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले महरासँगै मागेपछि अस्वीकार गरेका थिए । म्यासेज नदिएपछि प्रचण्डले महरा दोषी नै रहेको निश्कर्ष निकालेको यसअघि नै जनताटाइम्सले खुलासा गरिसकेको छ । यही म्यासेजका कारण महरालाई सांसदबाट समेत हटाउने निर्णयमा अध्यक्षद्य केपी शर्मा ओली र प्रचण्ड पुग्नुभएको हो । जुन निर्णयलाई हिजो बसेको सचिवालय बैठकले मुर्तता दिएको हो । तर महराले भने अझै सांसदबाट राजीनामा दिइसकेका छैनन । राजीनामा आज स्वीकृत भइसकेको छ । संसद सचिवालयले राजीनामाको सूचना टाँस गरेसँगै महराको राजीनामा स्वीकृत भएको हो । शाहीले २४ घन्टामै कुनै दुब्र्यवहार नभएको र महरा सर बुवासरह भएको बताए पनि उहाँको पद गुमेको छ ।
‘महरा सर मेरो कोठामा आउनुभएकै छैन, त्यो मिडियाले झुटो समाचार लेख्यो,’ नागरिक खवरका सम्पादक रोशन पुरीसँगको मंगलवारको कुराकानीमा शाहीले भनेकी छन । सोमवार मात्रै हाम्रोकुराका सम्पादक अजयबाबु शिवाकोटीसँग शाहीले महराले बलात्कार गरेको र कुटपीटसमेत गरेको आरोप लगाएको भिडियो सार्वजनिक भएको थियो । शाहीले शिवोकाटीसँग पनि आफूले महरा आफ्नो कोठामा नआएको बताए पनि झुटो कुरा प्रचार गरेर सुनियोजित रुपमा फसाउने काम गरेको बताइन । ‘महरा सर मेरो कोठामा आउनु भएकै थिएन । त्यो मिडियाले भाको नभाको कुरा मिडियाले लेखिदिएछन,’ शाहीले भनेकी छन ।
उनले महरा र आफूमाथि सारिरीक सम्पर्कको कुरा सोच्नु नै अपराध भएको समेत बताएकी छन । ‘बाबु छोरीकै नातामा कसैले शंका गर्छ भने त के भनौं,’ शाहीले भनिन, ‘कल्ले यस्तो गर्यो भन्ने मुल कुरा हो । मसँग भको कुरा यही हो । मैले भनेको कुरालाई एउटा बाबु छोरीको नातामा संका गर्छ भने त तपाईको पनि छोराछोरी होलान ।’ तर म्यासेजमा भने बलात्कार गरेको घरभेटीले थाह पाएको भन्दै पठाएकी छन । शाहीले आफूसँग कुराकानी गर्न आएका शिवाकोटीले नै महराले आफूमाथि दुब्र्यवहार गरेको घटना सुनाएको उल्टै आरोप लगाएकी छन । ‘आउँदै नआको मान्छेलाई आको छ भनेर ब्लेम लगाउने ? सुनियोजित ढंगले उहाँलाई पदबाट हटाएर आफू आउने खेल रहेछ,’ शाहीले भनिन ।
उनले आवेगमा आफूले बोलेको भएपनि त्यही कुरा पनि बंग्याएर उल्टो बनाइएको जिकिर गरिन । ‘मलाई प्रभावित पारेको मेरो रिस र आवेगले नै हो,’ शाहीले भनिन । उनले आफ्नो कोठामा आइपुगेका पत्रकार शिवाकोटीले महराको बिषय उठाउँदा आउनु भएकै छैन भनेको तर उल्टो समाचार आएको दावी गरिन ।
राहुल आज तिम्रो बुवाले मलाई रेप गर्नुभयो, यो कुरा म बसेको घरबेटीले थाह पाई उनले पुलिस बोलाए, उनले चिने अंकल तनहुँ जानुभको छ, अंकललाई पनि थाह भयो, पुलिस आए, मेरो बयान लिए, तिम्रो बुवा भाग्नुभयो, वरपर सबैले देखे, यसको नतिजा के हुन्छ मलाई थाह छैन, मलाइ पिटनसम्म पिटनु भयो
शाहीले भनेकी छन, ‘त्यो मिडिया मेरो कोठा खोजेर आयो कसरी ? मलाई नै अचम्म लाग्यो । कित त्यो मान्छेले पहिलादेखि नै मेरो पिछा गरेको हुुनुपर्छ । आएपछि तपाईको थोरै कुराकानी गर्छु भन्नुभयो । म आफै अलिक डिप्रेशन भएको थिए, अलिक बढी डोज पनि लिएको थिएँ । ढोकामा घन्टी बज्यो । घरभेटी कोही पनि नभाको । एक्कासी एकजना मान्छे आउनु भयो मेरै रुममा । केटा मान्छे हुनुहुन्थ्यो । कसलाई खोज्नुभएको भनें, तपाई रोशनी शाही हो भनेर सोध्नुभयो, ढाँटनु किन ? मैले हो भने । ढोका खोलेर भित्र आउनु भयोे, तपाईंसँग कुरा गर्नुछ, मिल्छ कि मिल्दैन भने । मैले मिल्छ भनें । उहाँले आइफोन ट्याव लिएर आउनु भएको थियो । त्यसपछि उहाँले एक जना दिदीले पठाउनु भाको भन्नुभयो । को दिदीले पठाएको भने तर नाम भनेनन ।’
जव कि राती नै शाहीले सवै म्यासेज एक जना कांग्रेस नेतृलाई पठाएकी थिइन । सोही आधारमा ती नेतृले पार्टीका केही नेतासमेतसँग परामर्श गरेपछि शिवाकोटीलाई पठाएकी थिइन । उनले महरालाई समेत ‘त न माफीको लायक भइस न मायाको लायक’ भन्दै म्यासेज पठाएको छिन । जुन सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्