जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार १०:२८

रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व संकलन


रौतहट, २९ जेठ । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ ।

१७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचमा सवारी नियम उल्लंघन गर्ने ५३३ जना सवारी चालकलाई कारबाही गरी ६ लाख, १४ हजार राजस्व संकलन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको निर्देशनमा सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेपछि सवारी दुर्घटनामा कमी आउनुका साथै नियम विपरीत चल्ने सवारी धनीलाई कारबाहीको दायरामा ल्याइएको छ ।