जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार २३:२४

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित, पदाधिकारीमा पनि निरौला समुहकै बर्चश्व (मत परिणामसहित)


काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा ३ सय ७० मत प्राप्त गरी निरौला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नुभएको छ । अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले दिनुभएको जानकारी अनुसार निरौला १७९ मतको अन्तरले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिवमा उद्धव भण्डारी निर्वाचित हुनुभएको छ ।

यसैगरी उपसचिव महिलातर्फ विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध भएको थियो । ९५ पदका लागि निर्वाचन भएको हो ।