जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार १३:३४

सुनको मुल्य स्थिर, चाँदीको घट्यो


काठमाडौं, ३१ जेठ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।