जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार १९:४५

सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अस्वथामा फेला


सिरहा, ३१ जेठ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ । घटनालाई ढाकछोप गर्न प्रहरीले घट्ना स्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।

बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन ।