हेटौँडा, १ असार । हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म अहिले ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ । बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्