जनता टाइम्स

१ असार २०८१, शनिबार २०:०९

कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक


सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आज प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गर्नुएको हो ।

बजेटका सात उद्देश्यहरू रहेका छन्ः

(क) तुलनात्मक लाभका क्षेत्रको पहिचान र विकास गरी प्रदेशको उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमार्फत आर्थिक वृद्धि गर्नु,
(ख) तहगत सरकारबिचको सहकार्य एवम् निजी क्षेत्र समेतको सहभागितामा प्रदेशको अर्थतन्त्रको विकास र विस्तार गर्नु,
(ग) साधन स्रोतको सन्तुलित र समन्यायिक तवरले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरणमा जोड दिनु,
(घ) सामाजिक सशक्तीकरण, मूलप्रवाहीकरण तथा वितरणात्मक न्यायमार्फत् सामाजिक न्याय कायम गर्नु,
(ङ) शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा प्रदेशवासीको समान, सरल र सुलभ पहुँच स्थापित गर्नु,
(च) दिगो, गुणस्तरीय र वातावरणमैत्री भौतिक पूर्वाधारको विकास गर्नु,
(छ) प्रदेश सरकारबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउनु,

बजेटका सात प्राथमिकताहरू रहेका छन् :

(क) शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
(ख) स्वस्थ, सक्षम र संस्कारयुक्त मानव संशासन विकास,
(ग) उत्पादनशील र रोजगारमूलक क्षेत्रको विकास,
(घ) तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान, विकास र उपयोग,
(ङ) उपयोगी, लाभदायक र प्रतिफलयुक्त क्षेत्रमा सरकारी लगानी प्रवाह,
(च) संस्थागत सुशासन कायम र सेवा प्रवाहमा सुधार,
(छ) कृषि, वन, उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना ।