जनता टाइम्स

२ असार २०८१, आईतवार १४:१५

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : डा. स्वर्णिम वाग्ले


काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै डा। वाग्लेले बजेटका लक्ष्य र उद्धेश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौती पूर्ण रहेको बताउनुभएको हो । मन्त्रालयगत छलफलमा भाग लिदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताउनुभयो । उहाँले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताउनुभयो । डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।