जनता टाइम्स

२ असार २०८१, आईतवार १७:०८

अस्पतालको दोस्रो तलाबाट खस्दा मजदुरको मृत्यु


पाँचथर, २ असार । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको अस्पताल निर्माण गरिरहेका मजदुरको छतबाट खसेर मृत्यु भएको छ । निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माइ नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ । राईका सहकर्मीका अनुसार मदिरा सेवन गरेर सुतेका राई सौच गर्न बाहिर निस्कदा लड्नुभएको थियो । राईको घट्नास्थलमै मृत्यु भएको बताइएको छ ।