जनता टाइम्स

३ असार २०८१, सोमबार १२:३७

आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ३ असार । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।