जनता टाइम्स

३ असार २०८१, सोमबार १८:५३

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन


विराटनगर, ३ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ५६ बर्षिय थारुको आज दिउँसो १ बजे निधन भएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको उहाँ २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उहाँको निधन घरमै भएको हो ।

उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उहाँ कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहनुभएको छ ।