काठमाडौं, ५ असार । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गर्नुभएको छ ।
आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनभएको हो । ‘सहयात्राको यो सुरुआत’ भन्दै उहाँले लेख्नुभएको छ,‘वी आर इङगेज्ड ! आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर ट्याग गर्नुभएको छ ।
उहाँहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हो । केही गीतमा सहकार्य समेत गर्नुभएको उहाँहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो । उहाँहरुले केही चर्चित गीतसँगै गाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्