मकवानपुर, असोज १७
हेटौँडामा श्रीमान श्रीमती चढेको मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हो ।
मोटरसाइकलमा श्रीमान श्रीमती सवार थिए । ट्याङ्करको ठक्करबाट हेटौंडा–१, चाइना क्वार्टरकी ३५ वर्षीया सीता न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट उहाँका श्रीमान ४५ वर्षीय शशि न्यौपाने घाइते हुनु भएको छ ।
नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।













प्रतिक्रिया दिनुहोस्