पोखरा, असोज १७
दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्रा चितुवाले खाइदिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी भेडा–च्याङ्ग्रा मारेको हो ।
रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए ।
काँडे बजार नजिकै रातको समयमा बास बसेका च्याङ्ग्रालाई चितुवाले आक्रमण गरेको बताइएको छ । चितुवाले भेडा–च्याङ्ग्रा आक्रमण गरेको थाहा पाएपछि व्यापारी उठेर होहल्ला गरेपछि चितुवा भागेको वडाध्यक्ष गुरुङले बताउनु भयो । भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्