रौतहट, ६ असार । रौतहटको १८ स्थानिय तह मध्ये जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगसभाले ७० करोड बढीको बजेट पारित गरेको छ । बिहीवार सम्पन्न गरुडाको एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशनमा ७० करोड बढिको बजेट प्रस्तुत गरिएको हो । मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आर्थिक वर्ष २०८१/०८२ को लागि ७० करोड २० लाख ५९ हजार रुपैंया आयव्ययसहितको बजेट प्रस्तुत गर्नुभएको थियो ।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगायतबाट गरी उक्त बजेट पारित गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्यलगायतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जैसवालले बताउनुभएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम, वडा १ का वडा अध्यक्ष शेख वहाब, २ का अध्यक्ष कृष्णनन्दन सहनी, ३ का अध्यक्ष अम्बिका सहनी, ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, ५ का अध्यक्ष रामबाबु चौधरी, सम्पुर्ण कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्