काठमाडौं, ७ असार । अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउनका लागि पुनस् निर्माण गरिएको अस्थायी घाटबाट राहत सामग्री आउन थालेको बताएको छ । सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही घाट हुँदै गाजा पुगेको थियो । यो एकै दिनमा घाटबाट गाजा पुग्ने सबैभन्दा ठूलो सहायता सामाग्री हो । अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो पियर स्थापना गरेको हो ।
तर, पछिल्लो समय तीव्र हावा र खराब मौसमका कारण यो घाट दस दिनदेखि सञ्चालन हुन सकेको थिएन । जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेशन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो घाटको प्रयोग बन्द गरेको थियो ।
इजरायली सेनाले आफ्नो सैन्य कारबाहीमा घाट वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो, जुन अझै पूरा भएको छैन । दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्