जनता टाइम्स

९ असार २०८१, आईतवार १७:२१

रौतहटमा एक हजार किलो सुपारी बरामद


रौतहट, ९ असार । पूर्व पश्चिम राजमार्गको रौतहट स्थित प्रहरीले एक यात्रुवाहक बस बाट एकहजार किलोग्राम सुपारी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिवार राती साढे १२ बजे चन्द्रपुर नगरपालिका १ पौराई स्थित प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस चेकजाँचको क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा बरामद गरिएको ८ लाख ५० हजार मूल्य बराबरको एक हजार किलोग्राम बेवारिसे सुपारी आज आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिनुभयो ।