रौतहट, १० असार । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ पर्नुभएको छ । पक्राउ पर्नेमा परोहा–८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । हिजो आईतवार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० बर्षिया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गर्नभएको थियो ।
गम्भीर अवस्थामा घाईते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्