जनता टाइम्स

१० असार २०८१, सोमबार २०:५३

नेपाल खेलकुद महासंघद्वारा टि–२० क्रिकेट विश्वकपको छानबिन माग


काठमाडौं, १० असार । नेपाल खेलकुद महासंघद्वारा अमेरिकामा भएको टि–२० क्रिकेट विश्वकपको छानबिन हुनुपर्ने माग गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य एकेन्द्र बहादुर कुँवरलाई छानविनको लागि महासंघका सचिव विप्लव घोषद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरेको हो ।

महासंघका केन्द्रिय सचिब तथा उपत्यका बिशेष प्रदेश ईन्चार्ज तिर्थबहादुर खड्काको नेतृत्वमा, नेकोस स्थायी कमिटी सदस्य जगत धामी, नेकोस उपत्यका बिशेष प्रदेश कमिटी अध्यक्ष सुर्य बुढाथोकी, नेकोस सचिवालय सदस्य तथा उपत्यका बिशेष प्रदेश सह–ईन्चार्ज हिक्मत बोहोरा, नेकोस केन्द्रिय सदस्य गोबिन्द गुरुङलगायतको उपस्थितीमा आज ज्ञापनपत्र बुझाउनुभएको महासंघका कोषाध्यक्ष एवं प्रवक्ता उज्वल सुवेदीले बताउनुभयो ।

उहाँले यथाशिघ्र एवं निष्पक्ष छानबिनका लागी माग गरिएको सुनाउनुभयो ।