जनता टाइम्स

१२ असार २०८१, बुधबार १३:१४

बिद्युतको तार सर्टभई सुन्दुरेघारीमा आगलागी, लाखौंको क्षति


रौतहट, १२ असार । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका–९ सिन्दुरेघारी गाउँमा आज बिहान १ घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । आज बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका धुर्ब बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ ।

आगलागीबाट घर र घर भित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षेति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख बिक्रम हुमागाईंले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली, चन्द्रपुर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रौतहट स्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।