जनता टाइम्स

१२ असार २०८१, बुधबार १४:३१

भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित


काठमाडौं, १२ असार । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित हुनुभएको छ । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो । बिरला दोस्रो पटक सभामुख बनेका छन् ।

यसअघिको लोकसभाको कार्यकालमा पनि उहाँ नै सभामुख बन्नुभएको थियो । सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो ।

सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो । बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिनुभएको छ । भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ ।