जनता टाइम्स

१४ असार २०८१, शुक्रबार १९:३७

सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद


रौतहट, १४ असार । सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाईनिज लाइटर बरामद गरेको छ । सर्लाही प्रहरीले बिशेष सूचनाको आधारमा वागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गएराती चेकजाँच गर्दा मेड इन चाईना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैया रहेको छ। लाईटरको प्रज्ञापन पत्र नभएको र सक्कल विलभर्पाई समेत नरहेकाले शंकास्पद देखिँदा लाईटर सहित ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।