सिन्धुली, असोज १८
दशै मनाउन जादै गरेका व्यक्ति सवार यात्रुवहाक बस सिन्धुलीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा सो बस दुर्घटनामा परेको हो ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ । बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्