जनता टाइम्स

१५ असार २०८१, शनिबार २३:०४

ओली निवासमा अचानक पुगे देउवा, दुई घण्टासम्म वान टु वान बार्ता


काठमाडौं, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

एमाले अध्यक्ष अ‍ोलीसँग भेटबार्ता गर्न सभापति देउवा आज साँझ भक्तपुरस्थित ओली निवास बालकोट पुग्नुभएको हो । कांग्रेस सभापति देउवा ओली भेट्न आज दिउसो बालकोट पुग्नुभएको थियो । दुई नेताबीच दुई घण्टासम्म वान टु वान बार्ता भएको छ ।

भेटबार्ताको बिषयमा दुवै पार्टीले कुनै कुरा बाहिर ल्याउन चाहेका छैनन् । एमाले अध्यक्ष ओली शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभई देउवासँग छलफल गर्नुभएको हो ।