जनता टाइम्स

१८ असार २०८१, मंगलवार १४:१४

ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु


सिरहा, १८ असार । सिरहामा गाउँ नजीकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका–३ खोरियाटोल नजिकै ग्राभेल मफियाहरुले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय शुशील मण्डलको छोरा ६ वर्षिय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षिय आशिष मण्डलको मृत्यु भएको हो ।

सोमबार करिव ११ बजेबाट हराईरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अवेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताउनुभयो ।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल सिरहा पठाएको छ । यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरुले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुवेर वर्षेनी बाल बालिकाहरुको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्