काठमाडौं, असार १९ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउनु भएको छ ।
प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरी महासेठसहित एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा भेट गरेपछि बालकोटबाट सिधै बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा पत्र बुझाउनु भएको हो ।
‘हामीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छौं,’ राजीनामा बुझाएको जनाउँदै जनताटाइम्स डटकमसँग कानूनमन्त्री पदम गिरीले भन्नुभयो ।
एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीले समर्थन फिर्ता लिएलगत्तै सवै मन्त्री अध्यक्ष ओलीको निवास बालकोट पुग्नुभएको थियो । बालकोटमा अध्यक्ष ओलीको निर्देशन पाएलगत्तै बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनका लागि एमालेले समर्थन फिर्ता र मन्त्रीहरुलाई राजीनामा दिलाएको हो ।
प्रतिक्रिया दिनुहोस्