मुगु, २० असार । हिमाली जिल्ला मुगुका ३५ जना किसान पुस्कृत हुनुभएको छ । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसानबाट र ३१ जना प्रोत्साहनबाट पुरस्कृत हुनुभएको हो । जसमा मुख्यमन्त्री उत्कृष्ट किसानबाट छायानाथ रारा नगरपालिका वडा नं १३ का अंगबहादुर रोकाया प्रथम हुनुभएको छ । उहाँ बिगत देखि नै कागति खेति गर्दे आउनु भएको छ । यस्तै सर्मिला कार्की दोश्रो हुनुभएको छ भने जासन्त कुलाल तेश्रो स्थानमा आएको कृषि बिकास कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार उनीहरु लाई क्रमश ४० हजार ३० हजार र २० हजार नगद सहित सम्मान पपत्र प्रदान गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अन्य ३१ जना लाई रैथाने बाली, खाद्यान्न बाली दलहन तेलहन बालीमा ५ रोपनीसम्म गर्ने २० हजार र यो भन्दा बढि प्रति रोपनी २ हजारका दरले नगद रकम पनि वितरण गरिएको शाहीको भनाई छ ।
त्यस्तै फलफुलमा एक सय बोट बरावर २० हजार रकम प्रोत्साहन स्वरुप सम्मान पत्र र नगद हस्तान्तरण गरेको बताईएको छ । आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिलगायत अन्य सरोकारवाला निकायहरुले किसानलाई नगद र सम्मान पत्र सहित पुरस्कार बितरण गरेका थिए ।
यो कार्यक्रम बिशेष गरेर किसानहरुलाई प्रोत्साहन, हौसला र प्रेरित गर्न कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन र कृषि पेशा बाटै आत्म निर्भर बन्ने हेतुले यो कार्यक्रमको थालनी गरिएको कार्यालयले जनाएको छ । पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान अंग बहादुर रोकायाले बताउनुभयो । उहाँले अनुदानमुखीभन्दा पनि किसानको उत्पादन मुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्