जनता टाइम्स

२१ असार २०८१, शुक्रबार १४:०५

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल


काठमाडौं, २१ असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

आज बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो ।

यसअघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।